रौतहट, १९ साउन । रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर २ महादेवपट्टीबाट प्रहरीले पौने तीन लाख मूल्य बराबरको समान बरामद गरेको छ ।
अवैध चोरी निकासी कार्य नियन्त्रण गर्ने अभियानअन्तर्गत खटेका गस्ती टोलीले भारतबाट नेपाल ल्याउदै गरेको उक्त मूल्य बरावरको समान बरामद गरेको हो ।
गस्तीमा रहेको प्रहरीलाई देख्ने वित्तिकै भन्सार छली गारी ल्याउँदै गरेको समान छोडेर भागे पछि टोलीले २ लाख ७७ हजार ८ सय ८५ रुपैया बरावरको चिनी, मोटरसाईकलको प्लग, सिलेट, दाँत माज्ने गुल लगायतका सामानहरुको बोरा र पोकाहरु प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बरामद भएको समानहरु कार्यवाहीको लागि भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया