दाङ, १८ साउन । बङ्गलाचुली गाउँपालिका–४ मुल तापा बस्ने ३० वर्षीय शिब बहादुर बिकलाई कटुवा पेस्तोल १ थान सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बिकले स्थानिय होटलमा बसेका टिपर चालकहरुलाई मार्छु भन्दै कटुवा पेस्तोल ताकेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कमिरचौरबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया