काठमाडौं, २३ साउन । राष्ट्रिय जनता पार्टी नेपालको भातृ संगठन राष्ट्रिय विद्यार्थी संघको चागुनारायण, भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा दोश्रो एकाइ अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट क्याम्पसमा अध्ययनरत् निरज यादवको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ ।
दिपेश झाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय विद्यार्थी संघको केन्द्रीय अध्यक्ष चिरञ्जीवी यादव र बिशिस्ट अतिथि संघका महासचिव रँजित निस्पक्षको आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा अतिथि संंघको कसमस ईन्जिनियरिङ कलेजका एकाइ अध्यक्ष पुरुषोत्तम साह र विभिन्न विद्यार्थी संघ(संगठनको एकाइ अध्यक्ष, प्रतिनिधिको उपस्थितमा अधिवेशनबाट नयाँ कार्यसमिति गठन गरिएको छ ।
समितिका अध्यक्ष निरज कुमार यादव, उपाध्यक्ष रोसन यादव, सचिव दिपक यादव, सहसचिव कंचन चौधरी, कोषाध्यक्ष आशिष यादव, सदस्यहरु रुपेश कुमार चौधरी, जन्दिन यादव, कृष्णा दास, रमन मण्डल, सुशान्त देव, आनन्द मण्डल सहित २१ सदस्य एकाइ गठन गरिएको छ ।
तपाईको प्रतिक्रिया