महोत्तरी, २० साउन । महोत्तरी जिल्लाको मट्टिहानी नगरपालिका ८ तुल्सीमाई भन्ने स्थानबाट एपीएफ टोलीले १० लाख ३५ हजार २ सय ३६ रुपैयाँ बराबरको १५ के.जी. दानादार चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषा जिल्लाको मुखियापट्टि मसुरनिया गाउँपालिका २ बस्ने ३२ वर्षीय बिरेन्द्र महत्तो छन् ।
बी.आर. ३२ एन ०६८९ नम्वरको मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका निज महत्तोलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मट्टिहानीबाट सशस्त्र प्रहरी निरीक्षक सुवासचन्द्र मैनालीको कमाण्डमा खटिएको एपीएफटोलीले जाँच गर्दा उक्त चाँदी फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
तपाईको प्रतिक्रिया