प्रदेश लोकसेवासम्बन्धी विधेयक पारित, प्रदेशले अब आफ्नै कर्मचारी भर्ना गर्ने

समाचार

8/7/2019

जनकपुरधाम, २२ साउन । प्रदेश २ मा प्रदेश लोकसेवा आयोगसम्बन्धी विधेयक पारित भएको छ । यो विधेयक पारित भएसँगै प्रदेश सरकारले अब आफ्नै कर्मचारी भर्ना गर्न पाउने बाटो खुलेको हो ।

प्रदेश लोकसेवा आयोगको गठन काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मंगलबारको प्रदेशसभा बैठकबाट पारित भएको हो ।

गत जेठ १२ गते प्रदेश सभा बैठकमा टेबल भएको यो विधेयक झण्डै अढाई महिनापछि पारित भएको हो ।

यो विधेयक पारित भएसँगै अब प्रदेश २ सरकारलाई लोकसेवा आयोगको गठन गरी कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ ।

प्रदेशसभामा पेश भएको यो विधेयकमाथि सैद्वान्तिक छलफल भई विशेष छलफलका निम्ति चार जना सांसद रहेको विशेष समितिमा पठाइएको थियो ।

सांसद परमेश्वर साह, रामाशिष यादव, रामसरोज यादव, गायत्री साहसहितको समितिले विधेयकलाई संशोधनसहित पारित गरेको थियो ।

समितिका संयोजकको जिम्मेवारी पाएका परमेश्वर साहले विभिन्न पटक समितिको बैठक बसेर यो विधेयकमाथि छलफल गरिएको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ