बाँके, २३ साउन । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित जमुनाहबाट एपीएफ टोली तथा भन्सार कार्यालयको कर्मचारीले करीव ६ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
ना ३ ख ६५८७ नम्बरको यात्रुवाहक बसमा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४० गुल्म हेक्वा बाँकेबाट खटिएको एपीएफ टोली र जमुनाह भन्सार कार्यालयका कर्मचारीले बरामद गरेको हो । उक्त सामान ल्याउन प्रयोग भएको सो बस समेत बरामद गरिएको छ ।
तपाईको प्रतिक्रिया