सशस्त्र प्रहरी उपरीक्षक शाहको विदाई, सशस्त्र प्रहरी उपरीक्षक अधिकारीको स्वागत

समाचार

8/6/2019

नेपालगञ्ज, २१ साउन । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हे.क्वा. बागेश्वरी बाँकेका गणपतिमा सशस्त्र प्रहरी उपरिक्षक दिपक अधिकारीको सरुवा भएको छ । अधिकारीलाई सोमबार कार्यालयमा स्वागत गरिएको छ ।

यसैगरी सरुवा भई सशस्त्र प्रहरी बल नेपाल नं.३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर जान लाग्नुभएका सशस्त्र प्रहरी उपरिक्षक भेष बहादुर शाहलाई बिदाई गरिएको छ । सशस्त्र प्रहरी उपरीक्षक अधिकारी सशस्त्र प्रहरी बल नेपाल नं.२८ गण हे.क्वा. कपिलबस्तुबाट सरूवा भई बाँके आउनुभएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ