कपिलवस्तु, २३ साउन । प्राचीन कपिलवस्तु तिलौराकोटमा कपिलवस्तु श्री राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ ।
कपिलवस्तु जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघले तौलिहवामा पत्रकार सम्मेलन गरी यही असोज १० र ११ गते प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । उक्त समयमा हुने खेलकुदमा देशभरका प्रख्यात ७ दर्जन सय बढी खेलाडीको सहभागिता रहने बताइएको छ ।
प्रथम हुने खेलाडीलाई नगद २ लाखसहित ट्रफि प्रदान गरिने छ । त्यसै गरी ६ वजन समूह चरणका खेलका प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई जनही १५ हजार, १० हजार र ५ हजार पुरस्कारसहित ट्रफि प्रदान गरिने उक्त प्रतियोगितामा भाजपा नेता तथा खेलका अन्तरराष्ट्रिय कोच सुवास भदाना, विश्व च्याम्पियन महेश महर्जन र फिटनेश संघका अध्यक्ष राजेशबाबु श्रेष्ठ लगायतको सहभागिता रहने आयोजकले जानकारी गराएका छन् ।
तपाईको प्रतिक्रिया