काठमाडौं, २२ साउन । समग्र मधेश र मधेशीको हकहित संरक्षण तथा सम्द्र्धनका लागि नेपाल सरकारले गठन गरेको मधेशी आयोगलाई केही तत्वहरुले बदनाम गर्न लागिपरेका छन् ।
मधेशी आयोग एउटा संवैधानिक आयोग हो र यसले मधेश र मधेशीका हरेक समस्या समाधानका लागि पहल गर्दै आइरहेको आयोगका अध्यक्ष डा.विजय दत्तले जानकारी दिएका छन् ।
मधेशी आयोगले आफ्नो आर्थिक वर्ष २०७५/७६ मा गोष्ठी र अनुशिक्षण कार्यक्रममा ३ करोड रुपैयाँ खर्च गरेको भनी केही सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका थिए । तर, आयोग गोष्ठी तथा अनुशिक्षण कार्यक्रममा साढे ३८ लाख रुपैयाँ मात्र खर्च गरेको विवरणसहित सार्वजनिक गरेको छ ।
‘केही मिडियाहरुले कुनै पुरै जानकारी नलिई जनमानसमा भ्रम छर्ने समाचार सम्प्रेषण गरेको छ ।’ आयोग अध्यक्ष डा.दत्तले भने, ‘गलत समाचारले नागरिकमा भ्रम सिर्जना गरेको हुनाले सो गलत समाचारप्रति मधेशी आयोगको ध्यानाकर्षण भई संचार माध्यमहरुलाई समाचार सच्याउन समेत आग्रह छ ।
आयोगले पत्रकार सम्मेलन मार्फत चालु आर्थिक बर्षमा गोष्ठी संचालन र अनुशिक्षण कार्यक्रम गर्न साढे ३८ लाख खर्च गरेको भएपनि केही मिडियाहरुले ‘मधेशी आयोगद्वारा गोष्ठी र अनुशिक्षणमा ३ करोड खर्च’ शिर्षकमा गलत समाचार छापेको छ ।
तपाईको प्रतिक्रिया