रौतहट, २१ साउन । श्रीमतीको हत्या गरी फरार भएका लोग्ने ४ वर्षपछि पक्राउ परेका छन् ।
छोरी जन्माएको र दाइजो नदिएको भन्दै २०७२ साल फागुन ७ गते श्रीमतीको हत्या गरी फरार भएका स्थानीय दुर्गा भगवती गाउँपालिका वड़ा नम्बर ४ बस्ने २३ वर्षीय श्याम प्रकाश मिश्रालाई प्रहरीले पक्राउ गरेको हो ।
भारत बिहार राज्यअन्तर्गत शिवहर जिल्ला पिप्रादी पुनरबासग्राम पंचायत बस्ने वर्ष ४६ को देबेन्द्र मिश्रको जहेरीले वादी नेपाल सरकार प्रतिवादी श्याम प्रकाश मिश्र समेत ५ जना भएको कर्तब्य ज्यानमुद्धामा फरार रहेका श्याम प्रकाश मिश्रले आफ्नै श्रीमती डोली मिश्रसँग जातीय रितीरिवाज अनुसार बिवाह भएको र विवाह भएदेखि नै पटक–पटक दुःख यातना दिँदै आएकोमा सन्तानको रुपमा छोरीको जन्म भए पश्चात छोरी भएको र दाईजो कम ल्याएको निहुमा यातना दिदै मिति २०७२।११।०७ गते डोली मिश्रलाई हत्या गरिएको थियो ।
निजको श्रीमान श्याम प्रकाश मिश्र, ससुरा खोभाडी मिश्र,सासु सुनैना देवी, देवर सुधिर मिश्र, नन्द निशा कुमारी मिश्र समेत मिली घाँटी थिची कर्तब्य गरी मारी आफुले गरेको घटनालाई ढाक छोप गर्नको लागी निज मृत्कको पेट दुख्ने क्रममा पानी मागी पानी खुवाउदा दुई पटक हिच्कीआई बेहोस भएकोमा तत्काल निजिकैको गाँउ घरकै डाक्टरलाई बोलाई चेक जाँच गर्दा डाक्टरले निजको मृत्यु भई सकेको भनी बहाना बनाएको भनी दिएको जाहेरीको आधारमा प्रहरीले मिश्रालाई पक्राउ गरेको छ ।
तपाईको प्रतिक्रिया