जनकपुरधाम, २६ साउन । इस्लाम धर्मावलम्बीहरुको महान चाड इद–ऊल–अजहा (बकरिद)को अवसरमा प्रदेश २ को सरकारले सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले शुभकामना सन्देश जारी गर्दै इस्लाम धर्मावलम्बीहरुमा शुभकामना व्यक्त गरेका छन् ।
‘यस महान पर्वले प्रदेश नं. २ का साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनी कामना गर्दछु ।’ मुख्यमन्त्री राउतले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
तपाईको प्रतिक्रिया