कैलाली, १५ भाद्र । भजनी नगरपालिका–४ कुडी बस्ने ३० वर्षीय चन्द्रलाल चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।
घोडाघोडीस्थित बिजुलीको पोलमा टेकमान कम्पनीको ईन्टरनेट जोड्ने क्रममा आइतबार दिउँसो अचानक करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया