एटीएमबाट पैसा निकाल्ने पाँच चिनियाँ पक्राउ

समाचार

9/1/2019

काठमाडौं, १५ भाद्र । मध्यरातमा एटीएमबाट अनधिकृत रूपमा रकम निकाल्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्दा निकाल्दै पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको दरबारमार्ग प्रहरीले जनाएको छ ।

उनीहरुलाई आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने महानगरिय प्रहरी परिसर टेकुले जनाएको छ ।

उनीहरुका साथबाट १ करोड २६ लाखभन्दा बढी नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ