कपिलवस्तु, १४ भाद्र । ‘सामाजिक कार्यका लागि हाम्रो हभियान’ भन्ने उद्देश्यका साथ नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल बाणगंगा वडा नम्बर ४ ठाकुरापुर टोल समितीले गरिविको चपेटामा रहेकी बाणगंगा ४ ठाकुरापुरकी सिउटीनिहा थारुकोे २ कोठे भवन हस्तानतरण गरेको छ ।
जस्ताले छाएको घर निर्माण गरिदिएको घर हस्तानतरण गरिएको छ । घरसँगै सिउटनीयाको परिवारलाई एक सेट सिरक, डसना, १ बोरा चामल लगायत घरमा आवश्यक पर्ने आधारभुत सामग्रीहरु नेपाल तरुण दल जिल्ला सभापति शक्ति सिँह ठकुरी, नेपाल विद्यार्थी संघका क्षेत्रिय सभापति चन्द्रकान्त पोख्रेल, तरुण दल बाणगंगा वडा नम्बर ४ का अध्यक्ष अमर थापा लगाएतले हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै शीक्त सिहँ ठकुरीले कपिलवस्तुको तरुण दलबाट देशभरीका नेता तथा कार्यकर्ताले केहि सिक्नु पर्ने जरुरी रहेको बताउदै नेपाल तरुण दल कपिलवस्तुले जिल्लाका बिभिन्न स्थानमा गरिब तथा विपन्नवर्ग हरुको लागि धेरै सह्रानिय काम गरेको बताए ।
साथै आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिने बताए । बाणगंगा वडा नम्बर ४ मा एक महिना अघि निर्माण गरिएको संगठनले यति छोटो समयमा यति ठुलो कार्य गरेकोमा सबैलाई धन्यबाद व्यक्त गरे ।
ठकुरीले गरिब निमुखा जनताको नाममा नेता बनेर हिड्ने काम केहि नर्गने त्यस्ता बोक्रे नेताहरुको लागि लेपाल तरुणदल च्यालेन्ज गर्दै अगाडि बढेको बताए ।
त्यस्तै नेपाली कांग्रेसका जिल्ला सदस्य रवि काफ्लेले विपीको राजनैतिक सिद्धान्तलाई भर्खरै निमार्ण भएको ठाकुरापुर टोल समितीले उल्लेखनिय कार्य गरि दुई तिहाईको सरकार लाई लाजमर्दो गराएको बताए ।
साँच्चै विपीको प्रजातान्त्रिक समाजबादले जस्तै समाजका विपन्न र्वगहरु लाई माथि नउठ्याएसम्म देशको विकास सम्भब नभएको बताए ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि टेक बहादुर शाही,नेपाल महिला संघकी केन्द्रिय सदस्य इन्दिरा भट्टराई,क्षेत्रीय कार्यसमिति सदस्य कृष्ण मुरारी ,नेपाली कागे्रंस बाणगंगा नगरका कार्यबहाक सभापति विष्णु थापा ,बाणगंगा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष गणेश क्षेत्री,समाजसेवी दिलीप कार्की, युवा नेता चन्द्रकान्त पोख्रेल, तरुण दलका क्षेत्रीय सभापति तिलक थापा लगायात वोलेका थिए ।
तपाईको प्रतिक्रिया