जनकपुरधाम, १७ भाद्र । धार्मिक आस्थासँग प्रदेश सरकारले खेलवाड गर्न लागेको आरोप लागेको छ । विश्वकै ऐतिहासिक तथा धार्मिकस्थलको रुपमा रहेको जानकी मन्दिरमा पनि प्रदेश सरकारले भ्रष्टाचार गर्न लागेको छ ।
प्रदेश सरकारले जानकी मन्दिर परिसरमा कमसल (सी ग्रेड)को टाइल्स लगाइरहेको छ । भ्रष्टाचार र कमीशनतन्त्रले गर्दा भ्रष्टाचारीहरु जानकी मन्दिरको कार्यमा समेतमा अनियमितता गर्न छोडेन ।
कमसल टाइल्स प्रयोग गरिरहेको भन्दै युवाहरु आक्रोशित भएका छन् । मधेश अधिकार संघर्ष समितिका संयोजक सरोज मिश्रले भनेका छन्, ‘गल्ती पनि हाम्रै हो, हामी जबसम्म टूलू टूलू मौन भएर यस्तो काम गरेको हेरेर पनि चुप लागेर बस्छौ तबसम्म यिनीहरु बजेट सखाप पार्नु बाहेकको केहि काम गर्दैन ।’
उनी भन्छन्, अहिले मन्दिरभित्र लगाउँदै गरेको टाइल्सलाई विस्तारै खुट्टाले पेलेर हेर्नुस् टाइल्स बालूवामा परिणत हुन बेर लाग्दैन । कि त यो धेरै आधुनिक हुनु पर्ने हो कि त रिजेक्टेड टाइल्स जो मंदिर पारिसरमा लगाई जसोतसो बजेट सखाप गर्ने मनसाय बोकी गरिदैछ ।
तपाईको प्रतिक्रिया