कपिलवस्तु, २० भाद्र । कृष्णनगरमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस मनाइएको छ ।
तराई मधेशको जिभिन्न जिल्लाहरुमा बालविवाह तथा मानव बेचबिखन घटनाहरु दिनहुँ वृद्धि हुँदै गएको अवस्थामा शान्ति पुनस्र्थापना गृह, आफन्त नेपाल, ईलाका प्रहरी कार्यालय कृष्णनगर, कृष्णनगर नगरपालिका, राष्ट्रिय मानवाधिकार, लायन्स क्लब आफ कृष्णनगर, उद्योग वाणिज्य संघ कृष्णनगर लगायतका संघ संस्थाहरुले यस बिरुद्ध बेग्लै कदम चालेको छ ।
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३औं राष्ट्रिय दिवसको अवसरमा शुक्रबार कपिलवस्तुको कृष्णनगरमा रैली निकाली ईलाका प्रहरी कार्यालयदेखि कृष्णनगर बजार भ्रमण गर्दै कृष्णनगरको गोलघर चौराहामा रैली टुंग्याईएको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह विशिष्ट अतिथि वडा नं. २ का वडा अध्यक्ष संजय गुप्ता अतिथिमा ई.प्र.का. कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेल, शसस्त्र प्रहरी बल कृष्णनगरका सशस्त्र प्रहरी निरीक्षक संगीत भट्ट, महिला अधिकारकर्मी मिना परियार, बुद्धि थापा, रेशम लाल गैरे लगायत श्री महेन्द्र मा.वि., सेन्टज्यूस इंग्लिस बोर्डिंग स्कूल, जलमोना लिटिल एन्जल्स इंग्लिस बोर्डिंग स्कूलका विद्यार्थीहरु, समाजसेवी, शिक्षाप्रेमी, स्थानीयवासीहरु लगायत विभिन्न संघसंस्थाका महिला पुरुष पत्रकारहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमका अध्यक्षता कृष्णनगर नगरपालिकाका न्यायिक समितिका अध्यक्ष सबनम खातुनले गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया