एसिड पीडित छात्रालाई काठमाडौं ल्याइयो, सांसद यादवद्वारा सहयोग

समाचार

9/6/2019

काठमाडौं, २० भाद्र । एसीड प्र्रहारबाट एकाविहानै घाइते भएकी छात्राको उपचारका लागि सांसद प्रदिप यादवले ५० हजार सहयोग गरेका छन् ।

त्रिभुवन उच्च मावि कक्षा ९ मा अध्ययनरत छपकैया २ निवासी १५ वर्षीया मुस्कान खातुन माथि दुई जना युवाहरुले एसिड प्रहार गरी घाइते बनाएका थिए ।

तत्कालै उनको उपचारका लागि नारायणी अस्पतालमा लगिएपनि अवस्था गम्भीर भएकोले थप उपचारका लागि सांसद यादवको सहयोगमा काठमाण्डौ रेफर गरिएको हो ।

नारायणी अस्पतालमा पुगेर सांसद यादवका स्वकिय सचिव निखिल वर्णवालले एसिड पीडित छात्राको परिवारलाई नगद ५० हजार हस्तान्तरण गरेका थिए ।

काठमाडौंमा हुने उनको उपचार सांसद यादवकै पहलमा हुनेछ । छात्राको एसिड प्रहारले शरिरको एक भाग पूर्णरुपले जलेको प्रहरीले जनाएको छ ।

एसिड प्रहारबाट मुख, हात, छाति पाखुरामा गम्भिर घाउ भएको छ । घटनामा संलग्न छपकैया निवासी समसाद मियाँलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

अन्य दुई युवकलाई प्रहरीले खोजीरहेको जनाएको छ । सांसद यादवले छात्रामाथि भएको घटना दुःद भएको र घटनामा संलग्नहरुमाथी ज्यान मार्ने मुद्दा चलाई आवश्यक कार्यवाही गर्न सिडिओ र एसपीलाई निर्देशन दिएका छन् ।

अस्पतालमा सहयोग गर्ने बेला संसदीय प्रतिनिधि घनश्याम गुप्ता, समाजवादी पार्टीका नगर अध्यक्ष ईश्वर यादव, समाजवादी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष एजाजÞ बाबु, ईकाइ अध्यक्ष हरिन्द्र साह लगायत रहेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ