पत्रकारलाई ज्यान मार्ने धम्की

समाचार

9/4/2019

काठमाडौं, १८ भाद्र । समाचार लेखेकै आधारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का प्रदेश समितिका सदस्य अशोक जयसवालले नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ प्रादेशिक समितिका सदस्य तथा प्रकाशक एवं सम्पादक शैलेन्द्र झालाई ज्यान मार्ने धम्की दिएका छन् ।

सो घटनाप्रति नेपाल पत्रकार महासंघ प्रदेश २ को समितिको गम्भीर ध्यानाकर्षण भएको छ जनाउँदै यस किसिमको हर्कतको निन्दा समेत गरेको छ ।

सत्तारुढ दल नेकपा रौतहटमा आन्तरिक किचलो चुलिएपछि पत्रकार झाले संस्थापक पक्षले जारी गरेको प्रेस विज्ञप्तिको सत्यवान् दैनिकमा समाचार सम्प्रेषण गरेको भोली पल्ट अर्थात भदौँ ११ गते बुधबारको दिन साँझ करिब ७ बजेको समयमा गौर स्थित तरकारी बजार जाँदै गर्दा नेकपाका सदस्य जयसवालले पत्रकार झालाई बीच बाटो रोकी कालोमोसो तथा ज्यानमार्ने धम्की दिएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ