वीरगन्ज, ३० भाद्र । राष्ट्रिय बालदिवसको अवसरमा वीरगन्जको छपकैयामा संचालित बालहेल्पलाइन केन्द्रको उदघाटन गरिएको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर ३छपकैयामा महानगरपालिका र आवर संसार नेपालको सहकार्यमा संचालित उक्त केन्द्रको उदघाटन नगर प्रमुख बिजय कुमार सरावगीले गरेका छन् ।
बालवालिकाको आपतकालिन उद्धार, राहत तथा संरक्षणका लागी खुलेको सो हेल्पलाइन केन्द्र वीरगन्जको उदघाटन कार्यक्रममा बोलदै नगर प्रमुख सरावगीले वीरगन्ज महानगरलाई बालमैत्री बनाउन महानरपालिका प्रतिवद्धरहेको बताए । उनले हेल्पालइनको सचालनले आपतकालिन अवस्थामा रहेको बालवालिकाहरुको संरक्षण र उद्धारमा सबै सराकारवालाहरुको सहयोगको आवश्यकता रहेको बताए ।
तपाईको प्रतिक्रिया