वीरगन्ज, ३० भाद्र । सेन्ट जेभियर्स अन्तर्गत रहेका बुद्ध फाउण्डेसनको सभाहलमा युनिसनद्वारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । युनिसनको वार्षिक कार्यक्रमअन्तर्गत बाल दिवसको अवसर पारी अन्तर्विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको छ ।
हाजिरी जवाफ प्रतियोगितामा मनोकामना मा.वि., विद्यासदन मा.वि., मास्कोट मा.वि., न्यूवेभ मा.वि., होली एञ्जल मा.वि. र सनराइज मा.वि गरी ६ वटा विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।
हाजिरी जवाफ प्रतियोगिताको क्रममा सिनियरतर्पm प्रथम विद्या सदन मा.वि., द्वितीय न्यूवेभ मा.वि र तृतीय स्थानमा मास्कोट मा.वी रहेका छन् ।
तपाईको प्रतिक्रिया