प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सम्पन्न

समाचार

9/19/2019

विराटनगर, ३० भाद्र । शनिबारदेखि मोरङको बिराटनगरमा सुरु भएको १ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी आइतबार सम्पन्न भएको छ ।

नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय १ नम्बर प्रदेशद्वारा संयुक्त रुपमा आयोजित १ नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठी १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

समापन कार्यक्रमममा मुख्यमन्त्री राईले शान्ति सुरक्षाको क्षेत्र विगतका वर्षभन्दा सुदृढ भएको उल्लेख गर्दै विभिन्न खालका अपराधिक घटनामा पनि कमी आएको बताए । शान्ति सुरक्षामा खलल पुर्यााउने कसैलाई पनि छुट नहुने हुँदा कानून विपरीत कार्य गर्ने जो कसैलाई पनि कानूनी कठघारामा उभ्याउन र कानुन सम्मत हुने कुरा तत्काल गरी सुरक्षा अवस्था अझै मजबुत बनाउन उनले निर्देशन दिनुभयो । राम्रो कामका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार सदैव तत्पर रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ