10/14/2019

काठमाडौं, २७ असोज । नेपाल–भारत विद्युत व्यापार सम्झौता अन्तर्गतका संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौं बैठक भारतमा हुने भएको छ ।

10/14/2019

काठमाडौं, २७ असोज । समाजवादी पार्टीको केन्द्रीय पदाधिकारीको बैठक आज बस्दैछ । पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठकमा पार्टी समायोजन लगायतका विषयमा छलफल हुने प्रचार प्रसारका उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए । 

10/14/2019

रौतहट, २७ असोज । भारतबाट भारतीय नम्बर प्लेटकै मोटरसाइकलमा तीन जना रौतहट पसेर एक जनालाई गोली हानेका छन् ।

10/14/2019

राजविराज, २७ असोज । राजविराज नगरपालिका–१२ का वडासदस्य शिवनारायण यादव (शिवु) को निधनप्रति शोक व्यक्त गर्दै आज राजविराज नगरपालिकाद्वारा कामकाज बन्द गरी शोक मनाउने निर्णय गरिएको छ । 

10/14/2019

जनकपुरधाम, २७ असोज । मिथिलाञ्चलमा कोजागरा पर्व हर्षोल्लासपूर्वक मनाइएको छ । असोज पूर्णिमाका दिन पारिवारिक समृद्धि र सौभाग्यका लागि यो पर्व मैथिल संस्कृतिअनुसार मनाइन्छ ।

10/14/2019

जनकपुरधाम, २६ असोज । मुख्यमन्त्री लालबाबु राउतले प्रहरीलाई प्रविधीयुक्त र साधन स्रोत सम्पन्न बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

10/14/2019

काठमाडौं, २६ असोज । राष्ट्रिय स्वयंसेवक संघका प्रचार विभाग प्रमुख अरुण कुमारले भारतको वास्तविक समस्या पाकिस्तान भएको बताएका छन् ।

10/14/2019

राजविराज, २६ असोज । मैथिली साहित्य परिषद् राजविराजका नवनिर्वा्चित पदाधिकारीहरुलाई एक समारोहबीच शपथग्रहण एवम् पदस्थापन गराइएको छ ।

10/5/2019

कलैया १७ असोज । पञ्चवर्षीय गढिमाई मेला सञ्चालनमा बाधा व्यवधान खडा भए त्यसबाट उत्पन्न हुने भयावह परिस्थितिको जिम्मेवार महागढिमाई नगरपालिका तथा स्थानिय शुरक्षा निकाय हुने गढिमाई सञ्चालन तथा बिकाश समितिका अध्यक्ष रामचन्द्र साहले जनाएका छन् ।

10/5/2019

काठमाडौं, १७ असोज । बाराको बरियापुरमा प्रत्येक ५ बर्षमा लाग्ने विश्व प्रसिद्व गढिमाईको भव्यरुपमा मनाइने पुजा तथा मेलामा सडक निर्माण गर्न १६ करोडभन्दा बढीको योजना स्वीकृत भएको छ ।

10/3/2019

काठमाडौं, १६ असोज । नेपाल धानुक समाजका सल्लाहकार तथा डिक्का महासंघका अगुवा समाजसेवी रामऔतार मण्डलप्रति धनक युवा फाउण्डेशनले श्रद्धाञ्जली अर्पण गरेको छ ।

10/3/2019

काठमाडौं, १६ असोज । अर्थमन्त्री डा. युवराज खतिवडा भारत प्रस्थान गरेका छन् । भारतमा असोज १६ र १७ गते हुने विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

10/3/2019

काठमाडौँ, १६ असोज । भदौ २० गते एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई बलिउड अभिनेता अमिताभ बच्चनले भिडियो सन्देश पठाएका छन् ।

10/3/2019

काठमाडौँ, १६ असोज । भारतीय नेताहरूले नेपालमा महात्मा गान्धीको दर्शनको गहिरो प्रभाव परेको बताएका छन् । महात्मा गान्धीको १५० औं जयन्तीका अवसरमा महेन्द्रनारायण निधि प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको गान्धी दर्शनसम्बन्धी प्रवचनमा सत्तारूढ ...

10/3/2019

जनकपुरधाम, १६ असोज । मुख्यमन्त्री लालबाबु राउतले कुपोषण अन्तका लागि तिनै तहका सरकारबीच समन्वय गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

10/2/2019

जनकपुरधाम, १५ असोज । नेपाल टेलिकमले जनकपुरधामसहित मुलुकको ३२ वटा शहरमा एक साथ हाई स्पिड इन्टरनेट फोरजी सेवाको शुभारम्भ गरेको छ ।

10/2/2019

जनकपुरधाम, १५ असोज । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले नीति कानूनले मात्र बाल विवाह अन्त्य गर्न नसकिने बताएका छन् ।

10/2/2019

रौतहट, १५ असोज । रौतहट जिल्लाको बौधीमाई नगरपालिका, मौलापुर नगरपालिका र फतुवा विजयपुर नगरपालिकामा पूर्ण सरसफाई कार्यक्रमका क्रियाकलापहरु संचालनमा रहेको छ ।

10/2/2019

रौतहट, १५ असोज । रौतहट प्रहरी विगत आठ महिनाको अवधिमा विभिन्न घटनाका आरोपित, दोषी तथा फरार अभियुक्त १०४ जनालाई पक्राउ गरेका छन् ।

10/2/2019

रुपन्देही, १५ असोज । आँधिखोला लघुवित्त वित्तीय संस्थाले समूह सदस्यको श्रीमानको मुत्यु भएर क्रियामा रहेकी एक सदस्यलाई क्रियाखर्च स्वरुपको रकम हस्तानतरण गरेको छ ।

10/2/2019

कपिलवस्तु, १५ असोज । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याको सरुवा भएको दुई हप्ता नबित्दै पुनः कार्यालयमा हाजिर हुन लागेको विषयलाई अप्रत्यासित भनेको छ ।

10/2/2019

रुपन्देही, १४ असोज । ९ वर्षीया बालिकालाई यौन दूर्व्यवहार गरेको अभियोगमा तिलोत्तमा नगरपालिका-४ बस्ने ५२ वर्षीय दिपक कुमार क्षेत्रीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

10/2/2019

काठमाडौं, १४ असोज । गान्धी जयन्तीका अवसरमा असोज १५ काठमाडौंमा हुने कार्यक्रममा भाग लिन भारतका दुई राजनीतिज्ञ नेपाल आउँदै छन् ।

10/2/2019

कपिलवस्तु, १४ असोज । जिल्लामा अख्तियारद्वारा विद्यालयका प्रधानाध्यापक र कार्यालय सहयोगी ४० हजार घुससहित पक्राउ परेका छन् ।

10/2/2019

मोरङ, १४ असोज । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विराटनगर महानगरपालिका–११ स्थित विराटनगर बसपार्कको हाताभित्र नवनिर्मित प्रहरी विट तथा नागरिक सहायता कक्षको सोमबार आयोजित समारोहका बीच उद्घाटन गरी जिल्ला प्रहरी कार्यालय मोरङलाई हस्तान्तरण गरेका छन् ।

ट्रेन्डिङ