जनकपुरधाम, २६ कार्तिक । प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दी अमेरिका जाने भएका छन् ।
काठमाडौं, २६ कार्तिक । जनगणतान्त्रिक बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौँ आइपुगेका छन् । उनी विशेष विमानबाट मंगलबार दिउँसो काठमाडौं उत्रिएका हुन् ।
काठमाडौं, २६ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले शिख धर्मावलम्बीहरूको विशेष पर्व गुरू नानक जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शिख धर्मावलम्बीहरूमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।
वीरगन्ज, २६ कार्तिक । वीरगन्ज महानगरपालिका वार्ड नम्बर १५ भिषवा निवासी केदार तिवारीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । नेपाल टेलिकमका सवारी चालक समेत रहेका तिवारीलाई प्रहरीले सार्वजनिक अपराधको अभियोगमा पक्राउ गरेको हो ।
नेपालगन्ज, २६ कार्तिक । बाँकेको कोहलपुर ‘सडक मानवमुक्त नगर’ बन्नेको छ । कोहलपुर नगरपालिकालाई सोमबार कोहलपुर नगरपालिकामा आयोजित एक औपचारिक कार्यक्रममा सडक मानवमुक्त नगर घोषणा गरिएको हो ।
धनगढी, २६ कार्तिक । कैलालीको धनगढीमा विश्व नेपाली साहित्य महोत्सव आयोजना हुने भएको छ । सुदुरपश्चिममाञ्चल साहित्य समाजले आउँदो फागुन ६ देखि १२ गतेसम्म विश्व नेपाली साहित्य महोत्सव आयोजना गर्न लागेको छ ।
विराटनगर, २६ कार्तिक । पहिलो सन्तान छोरी भएपछि दोस्रो सन्तान छोरा होस् भन्ने आशाले लिंग परीक्षण गरि छोरी भए भु्रण हत्या गर्ने क्रम विराटनगर महानगरपालिकामा पछिल्लो समय बढ्दै गएको छ ।
जनकपुरधाम, २६ कार्तिक । प्रदेश २ का दलित समुदायलाई सहुलियत रुपमा रासन उपलब्ध गराउन प्रदेश सरकारले रासन कार्डको व्यवस्था गर्ने भएको छ ।
दाङ, २५ कार्तिक । तुलसीपुर उपमहानगरपलिका–३ खमारीस्थित जंगलमा घुम्न गएका व्यक्तिहरुलाई अपहरण गरी अश्लिल भिडियो खिचेर व्ल्याकमेलिङ गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
चितवन, २५ कार्तिक । इलाका प्रहरी कार्यालय टाँडीको आयोजनामा समुदाय–प्रहरी साझेदारी अन्तर्गत ‘प्रहरीसँग एक दिन’ कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
काठमाडौं, २५ कार्तिक । काठमाडौंमा बसोबास गर्दै आएका महोत्तरी जिल्लाबासीहरूको संस्था महोत्तरी परिवारले परिवारका संस्थापक सदस्य एवम् सल्लाहकार प्राध्यापक गणेशराज सिंहको निधनप्रति शोक व्यक्त गरेको छ ।
काठमाडौं, २५ कार्तिक । नेपाल–भारतबीच कालापानी सीमा विवादबारे दुई देशका अधिकारीबीच कूटनीतिक पहल सुरू भएको छ । नयाँदिल्लीस्थित नेपाली राजदूतावासले भारतीय नेतृत्वसँग भारतले आफ्नो नक्सामा राखेको नेपाली भूमिबारे छलफल थालेको छ ।
रुपेन्द्र पटेल, रौतहट, २५ कार्तिक । भारत सरकारले जारी गरेको नयाँ नक्साको विरोध जनाउँदै रौतहटमा स्वतन्त्र विद्यार्थी युनियनले प्रदर्शन गरेको छ । सोमबार रौतहटको चन्द्रनिगाहपुरमा विभिन्न नारावाजी गर्दै प्रदर्शन गरिएको हो ।
वीरगन्ज, २५ कार्तिक । सुफ्फह आयडियल एकेडमी –इस्लामिक स्कूल) को नयाँ भवनको शिलान्याश वीरगन्ज महानगरपालिकाको वडा नं. १४ स्थित बहुअरीमा भएको छ ।
राकेश यादव, रौतहट, २५ कार्तिक । अनलाइन मिडिया प्रति जिल्ला प्रहरी कार्यालय रौतहटले आक्रोश पोख्दै भ्रामक समाचार प्रसारण गर्ने कार्य नरोकिएमा सम्बन्धित निकाय मार्फत कानुनी कारबाहीको लागि उपचार खोज्ने चेतवानी समेत दिएका छन् ।
इमरान खान, कपिलवस्तु, २४ कार्तिक । इस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद सल्ललाहुतालाको व सल्लमको १४९४ औं जन्मउत्सव देशभरिका मुस्लिमहरुले हर्षोउल्लासका साथ मनाएका छन् ।
जनकपुर, २४ कार्तिक । । पूर्व राष्ट्रपति डा. रामवरण यादव चुरे विनाशप्रति चिन्ता व्यक्त गरेका छन् । उनले चुरेको संरक्षणको नाउँमा जतिसुकै बजेट खर्च गरिएपनि राजनीतिक नेतृत्व तहमा रहेकाहरुको नियतमा सुधार नभए चुरे जोगाउन मुस्किल पर्ने बताए ।
जनकपुरधाम, २४ कार्तिक । नेपाल सरकारद्वारा स्थापना गरिएको मैथिली भाषाको सबैभन्दा ठूलो राशिको विद्यापति पुरस्कारको घोषणा गरिएको छ । विद्यापति पुरस्कार कोषले पत्रकार सम्मेलन गरी २ लाख राशि रहेको पुरस्कारको घोषणा गरिएको हो ।
काठमाडौं, २४ कार्तिक । प्रदेश २ सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा प्रदेश सरकारले २४ कात्तिक (आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
राकेश यादव, रौतहट, २३ कार्तिक । विश्व हिन्दू परिषद् रौतहटले भारतीय सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । भारतीय सर्वोच्च अदालतले दिइएको बर्षौंदेखि विवादित मुद्दा राम जन्म भूमि र बाबरी मन्दिरको फैसलाको विश्व हिन्दू परिषद्ले सदरमुकाम गौरमा मैनवती जलाएर स्वागत गरेका हुन् ।
इटहरी, २३ कार्तिक । लैगिंक हिंसा विरुद्ध इटहरीमा सम्मेलन गरिने भएको छ । लैगिंक हिंसा विरुद्धको दिवसको अवसर पारेर तीनसय बढीको सहभागितामा इटहरी सम्मेलन गरिने इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले वताए ।
रौतहट, २२ कार्तिक । विगत धेरै वर्षदेखि आलोचित हुँदै आएको गौर अस्पताललाई व्यवस्थित गर्ने अभ्यास प्रारम्भ गरिएको छ ।
रुपन्देही, २२ कार्तिक । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बुटवल उपमहानगरपालिका–९ सुख्खानगरस्थित अक्सर्फोड उच्च माध्यामिक विद्यालयमा उत्प्रेरणामूलक प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
वीरगन्ज, २२ कार्तिक । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी र यूनिसेफका टोलीबिच मांसिक कमजोर भएको बच्चाहरुको व्यवस्थापनबारे छलफल भएको छ ।