10/20/2019

राकेश यादव, रौतहट, २ कार्तिक । रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर ६ पथरा बुधराममा भएको आगलागीबाट पीडित भएका परिवारलाइ निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्य रामकिशोर यादवले निजी स्रोतबाट सहयोग उपलब्ध गराएका छन् ।

10/20/2019

राकेश यादव, रौतहट, २ कार्तिक । रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ७ मुडवालबामा संचालित नेमधारी बासुदेव नमूना माध्यमिक विद्यालयमा शुक्रवार एक कार्यक्रम विच विद्यालयमा कक्षा ८ मा अध्यनरत बालिकाहरुलाई मुख्यमन्त्री बेटी बचाऊ बेटी पढाउ अभियान अन्तर्गत साइकल वितरण गरिएको छ ।

10/18/2019

ब्रम्हानन्द ठाकुर, जनकपुरधाम, १ कार्तिक । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले नेपाल र भारत बिच हुने गरेको धार्मिक मैत्री यात्राले दुई देश बिचको सम्बन्ध झनै समुधुर हुने बताएका छन् ।

10/18/2019

वीरगन्ज, १ कार्तिक । वीरगन्ज महानगरपालिकालाई बालमैत्री महानगरपालिका बनाउने अभियानमा नगर प्रमुख विजय कुमार सरावगी आफै होमिएका छन् ।

10/17/2019

बारा, ३० असोज । गढीमाई मेला व्यवस्थापन तथा रेखदेख गर्ने अधिकारबारे प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले विवादास्पद अभिव्यक्ति दिएको भन्दै एक जनप्रतिनिधिले प्रतिवाद गरेका छन् ।

10/17/2019

जनकपुरधाम, ३० असोज । विमानस्थल तोडफोड आरोपमा संघीय सांसद प्रमोद साहलाई पक्राउ गरेको विरुद्ध राजपा धनुषाले जिल्ला बन्दको आह्वान गरेको छ ।

10/17/2019

काठमाडौं, ३० असोज । जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका आफ्ना सांसद प्रमोद साहलाई रिहा गर्न माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आन्दोलनको घोषणा गरेको छ ।

10/17/2019

कलैया, ३० असोज । कलैया सिटी जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तिम दिन कलैयास्थित अमृता अनाथ आश्रममा रहेका अनाथ बालबालिकाहरुबीच शैक्षिक सामग्री तथा खानेकुरा हस्तान्तरण गरि एक कार्यक्रमबीच समापन समारोह सम्पन्न गरियो । 

10/17/2019

  कपिलवस्तु, ३० असोज । शिवराज नगरपालिका–६ सुगा नगर बस्ने राजबहादुर यादवको छोराको हत्या गरेको अभियोगमा सुरत यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

10/17/2019

  मोरङ, ३० असोज । विराटनगर महानगरपालिका–११ जनपद टोल बस्ने रत्नबहादुर तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १० जनतालाई पक्राउ गरेका छ ।

10/17/2019

विराटनगर, ३० असोज । विराटनगरका विभिन्न अस्पतालहरुमा रगतको व्यापक अभाव भएको छ । विभिन्न ठाउँबाट उपचारका लागि आएका बिरामीहरु रगत अभावमा समस्यामा परेका छन् ।

10/17/2019

राकेश यादव , रौतहट, ३० असोज । जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको अभियोगमा पक्राउ परेका राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोद साहको रिहाईको माग गर्दै रौतहटको सदरमुकाम गौरमा राजपाका विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका छन् ।

10/17/2019

वीरगन्ज, ३० असोज । वीरगन्ज महानगरपालिकाको बार्षिक समिक्षा गोष्ठी बुधबार सम्पन्न भएको छ । वीरगन्जको होटल पुजनमा सम्पन्न भएको गत आर्थिक बर्षको समीक्षा गोष्ठी नगर प्रमुख बिजय कुमार सरावगीको अध्यक्षतामा सम्मपन्न भएको हो ।

10/16/2019

जनकपुरधाम, २९ असोज । संघीय सांसद प्रमोद साहलाई झुठा मुद्दामा फसाएको भन्दै राजपा नेता तथा कार्यकर्ताले जनकपुरस्थित बुद्ध एयरको सिटी अफिसमा तालाबन्दी गरेका छन् ।

10/16/2019

जनकपुरधाम, २९ असोज । जनकपुर विमानस्थल तोडफोडको आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार साहलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । 

10/16/2019

काठमाडौँ, २९ असोज । नेपाल र भारत ‘न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’ समान हिस्साका साथ निर्माण सहमत भएका छन् । यस्तै नेपालमा उत्पादन हुने विद्युत् बङ्गलादेश निर्यातका लागि त्रिदेशीय (नेपाल, भारत र बङ्गलादेश) बैठक आगामी तीन महीनाभित्र आयोजना गर्ने भएको छ ।

10/16/2019

लहान, २९ असोज । समाजवादी पार्टी नेपाल निकट समाजवादी महिला संघ प्रदेश नं. २ को प्रदेश समितिको समायोजन कार्यक्रम संजिला यादवको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति को घोषणा गर्दै लहानमा सम्पन्न भएको छ । 

10/16/2019

 बुटवल, २८ असोज । श्री टिकुलीगढ दुग्ध उत्पादक तथा बहुउद्देश्यीय सहकारी संस्था लि. तिलोत्तमा–१४ रुपन्देहीले २४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

10/15/2019

काठमाडौँ, २८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक भ्रमणका क्रममा बुधबार म्यानमार भ्रमणमा जाने भएकी छन् । 

10/15/2019

काठमाडौं, २८ असोज । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि खरीद गर्न लागिएको रेल सेट भारतमा निर्माण हुँदैछ । नेपालले भारतीय सरकारी कम्पनी कोनकानमार्फत रेल सेट खरीद गर्न लागिएको होे । उक्त स्थानमा गुड्ने दुई सेट रेलको अहिले भारतमा निर्माण हुँदै छन् । चाँडो निर्माण सक्नका लागि रेल विभागले ताकेता गरिरहेको छ ।

10/15/2019

काठमाडौं, २८ असोज । जहाज ढिलो भएको भन्दै जनकपुर विमानस्थलमा तोडफोड गरेका राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोदकुमार साह पक्राउ परेका छन् । साहलाई महानगरीय अपराध महाशाखाको टोलीले त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलस्थित भीआईपी कक्षबाट पक्राउ गरेको हो ।

10/15/2019

काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ज्ञान र विद्वताका लागि विश्वको अग्रणी मुलुक भएको बताएका छन् । अन्तर हिमाली सांस्कृतिक एवं साहित्यिक सम्बन्ध प्रवद्र्धनका लागि दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलनको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

10/15/2019

धनुषा, २८ असोज । सुन जस्तो देखिने धातुलाई सुन हो भनी क्षिरेश्वरनाथ नगरपालिका–५ सखुवा चोकस्थित बिकेटी ज्वेलर्समा बिक्री गर्न खोज्ने ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

10/15/2019

कलैया, २८ असोज । कलैया सिटी जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंगलबार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । उक्त हाजिरी जवाफ प्रतियोगिता कार्यक्रमका प्रमुख आतिथ्य कलैया सिटी जेसीसका पुर्व अध्यक्ष एव मनकामना स्कुलका प्राधानाध्यापक रामबाबु प्रसाद कुशवाहा रहेका र कलैया सिटी जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी राजेश प्रसाद कुशवाहाको अध्यक्षतामा सम्पन्न भयो । 

10/14/2019

काठमाडौं, २७ असोज । । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणमा नेपाल र चीनबीच विविध २० वटा क्षेत्रमा समझदारी एवम् सहमति भएको छ ।

ट्रेन्डिङ