11/11/2019

राकेश यादव, रौतहट, २५ कार्तिक । अनलाइन मिडिया प्रति जिल्ला प्रहरी कार्यालय रौतहटले आक्रोश पोख्दै भ्रामक समाचार प्रसारण गर्ने कार्य नरोकिएमा सम्बन्धित निकाय मार्फत कानुनी कारबाहीको लागि उपचार खोज्ने चेतवानी समेत दिएका छन् ।

11/10/2019

इमरान खान, कपिलवस्तु, २४ कार्तिक । इस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद सल्ललाहुतालाको व सल्लमको १४९४ औं जन्मउत्सव देशभरिका मुस्लिमहरुले हर्षोउल्लासका साथ मनाएका छन् ।

11/10/2019

जनकपुर, २४ कार्तिक । । पूर्व राष्ट्रपति डा. रामवरण यादव चुरे विनाशप्रति चिन्ता व्यक्त गरेका छन् । उनले चुरेको संरक्षणको नाउँमा जतिसुकै बजेट खर्च गरिएपनि राजनीतिक नेतृत्व तहमा रहेकाहरुको नियतमा सुधार नभए चुरे जोगाउन मुस्किल पर्ने बताए ।

11/10/2019

जनकपुरधाम, २४ कार्तिक । नेपाल सरकारद्वारा स्थापना गरिएको मैथिली भाषाको सबैभन्दा ठूलो राशिको विद्यापति पुरस्कारको घोषणा गरिएको छ । विद्यापति पुरस्कार कोषले पत्रकार सम्मेलन गरी २ लाख राशि रहेको पुरस्कारको घोषणा गरिएको हो । 

11/10/2019

काठमाडौं, २४ कार्तिक । प्रदेश २ सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा प्रदेश सरकारले २४ कात्तिक (आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

11/10/2019

राकेश यादव, रौतहट, २३ कार्तिक । विश्व हिन्दू परिषद् रौतहटले भारतीय सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । भारतीय सर्वोच्च अदालतले दिइएको बर्षौंदेखि विवादित मुद्दा राम जन्म भूमि र बाबरी मन्दिरको फैसलाको विश्व हिन्दू परिषद्ले सदरमुकाम गौरमा मैनवती जलाएर स्वागत गरेका हुन् ।

11/10/2019

इटहरी, २३ कार्तिक । लैगिंक हिंसा विरुद्ध इटहरीमा सम्मेलन गरिने भएको छ । लैगिंक हिंसा विरुद्धको दिवसको अवसर पारेर तीनसय बढीको सहभागितामा इटहरी सम्मेलन गरिने इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले वताए ।

11/9/2019

रौतहट, २२ कार्तिक । विगत धेरै वर्षदेखि आलोचित हुँदै आएको गौर अस्पताललाई व्यवस्थित गर्ने अभ्यास प्रारम्भ गरिएको छ ।

11/9/2019

रुपन्देही, २२ कार्तिक । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बुटवल उपमहानगरपालिका–९ सुख्खानगरस्थित अक्सर्फोड उच्च माध्यामिक विद्यालयमा उत्प्रेरणामूलक प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

11/9/2019

वीरगन्ज, २२ कार्तिक । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी र यूनिसेफका टोलीबिच मांसिक कमजोर भएको बच्चाहरुको व्यवस्थापनबारे छलफल भएको छ ।

11/9/2019

बाँके, २२ कार्तिक । बाँके जिल्लामा अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

11/8/2019

काठमाडौं, २२ कार्तिक । समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवद्वारा लिखित ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’ पुस्तक विमोचन भएको छ ।

11/8/2019

रौतहट, २२ कार्तिक । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं. ६ कर्कच कर्मैया निवासी सरोज झाले दाइजोको निहुँमा घरबाट निकाला गरेको लगाइएको आरोप गलत रहेको बताएका छन् ।

11/8/2019

काठमाडौं, २२ कार्तिक । प्रदेश २ सरकारले आफ्नै अनुसन्धान ब्यूरो गठन गर्न विधेयक ल्याएको छ । यसअघि प्रदेश सरकारले प्रदेश प्रहरीसम्बन्धी विधेयक पारित गरिसकेको छ ।

11/8/2019

नयाँदिल्ली, २२ कार्तिक । भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा आफ्नो भू–भागको सही चित्रण भएको बताएको छ ।

11/8/2019

बाँके, २१ कार्तिक । खजुरा गाउँपालिका–६ सिमलघारी दशबिगाह बस्ने ३९ वर्षीया माया सार्की मृत अवस्थामा फेला परेकी छन् ।

11/7/2019

कैलाली, २१ कार्तिक । कैलालीमा कार्तिकमै पुस माघमा जस्तो हुस्सु लाग्न थालेपछि चिसो बढेको छ । तिहारपछिदेखि लागेको बाक्लो हुस्सुले बाटो समेत नदेखिने भएको छ ।

11/7/2019

धनगढी, २१ कार्तिक । सुदुरपश्चिम प्रदेश सरकारले स्वास्थ्य संस्थाहरुलाई आधुनिक एम्बुलेन्स वितरण गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा खरिद गरी सामाजिक विकास मन्त्रालय अन्तर्गत बुधबार एम्बुलेन्स वितरण गरिएको हो ।

11/7/2019

रुपेन्द्र पटेल, रौतहट, २१ कार्तिक । रौतहटको जिल्लाको मध्य भागमा रहेको गरुडा नगरपालिकाले असारमा परिषद् थालेको भएपनि अहिलेसम्म परिषद् सम्पन्न नगरेका कारण विकास निर्माणको काम प्रभावित भएको छ ।

11/7/2019

वीरगञ्ज, २१ कार्तिक । चलचित्र निर्माता संघकोे आयोजनामा वीरगन्जमा आजदेखि चलचित्र महोत्सव सुरू भएको छ । ‘स्वर्णिम चलचित्र महोत्सव’ नाम दिईएको सो महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । 

11/6/2019

काठमाडौं, २० कार्तिक । नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले बुढानीलकण्ठ नगरपालिकामा अवस्थित बुढानीलकण्ठ नारायण मन्दिरको नवनिर्मित मठाधीश भवनको उद्घाटन गरेका छन् ।

11/6/2019

वीरगञ्ज, २० कार्तिक । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं ५ प्रसौनीभठ्ठाको श्री मसरुम पब्लिक आधारभूत विद्यालयको प्रांगणमा अहमदिया संघ नेपालद्वारा होमियोप्याथी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

11/6/2019

रुपन्देही, २० कार्तिक । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाट एपीएफ टोलीले करिव १ लाख ५२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोर्टरपार्ट्स बरामद गरेको छ ।

11/6/2019

महोत्तरी, २० कार्तिक । पिपरा गाउँपालिका–६ रतौलीको पोखरीमा डुबेर एक चार वर्षीय बालकको मृत्यु भएको छ ।

11/6/2019

सर्लाही, २० कार्तिक । लालबन्दी नगरपालिका–१७ कालिञ्जोरपुलस्थित सडकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको ज्यान गएको छ ।

ट्रेन्डिङ