सिरहा, २० कार्तिक । कर्जन्हा नगरपालिका–२ सैलेश टोल बस्ने २६ वर्षीया कबिता पासवानको बन्चरो प्रहारबाट बुधबार बिहान मृत्यु भएको छ ।
पर्सा, २० कार्तिक । अपहरणमा परेका १४ वर्षीय बालकलाई वीरगंज उपमहानगरपालिकापा–२५ खलवाटोलाबाट मंगलबार राति प्रहरीले सकुशल उद्धार गरेको छ ।
जनकपुरधाम, २० कार्तिक । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख तिलक परियारलाई जनकपुरधाममा मुख्यमन्त्रीलगायत मन्त्रीहरुले स्वागत गरेका छन् ।
सुनसरी, २० कार्तिक । इटहरी उपमहानगरले महिला फुटबल खेलाडी उत्पादनका लागि कार्यक्रम सुरु गरेको छ ।
रौतहट, २० कार्तिक । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ करकच करमैयामा दाइजो नदिएको भन्दै श्रीमती बुहारीलाई ससुराली पक्षले घरबाट निकाला गरेको छ ।
काठमाडौं, २० कार्तिक । अमेरिकी अन्तरिक्ष संस्था नासाद्वारा मधेशी मूलकी डाक्टर रश्मी शाह सम्मानित भएकी छन् ।
रुपन्देही, २० कार्तिक । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा मंगलबार आयोजित कार्यक्रमवीच ५ नम्बर प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी रुपन्देहीको बुटवलमा मंगलबार सम्पन्न भएको छ ।
उदयपुर, १९ कार्तिक । त्रियुगा नगरपालिका–११ बिशालनगर बस्ने देबिचरण भट्टराईको घरबाट विभिन्न धनमाल चोरी भएको छ ।
रौतहट, १९ कार्तिक । बमकाण्डको अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद तथा पूर्वमंत्री महमद आफताव आलमको थुन्छेक प्रक्रिया शुरू भएको छ ।
काठमाडौं, १९ कार्तिक । आगामी मंसिर १४ गते हुने विभिन्न तहको उपनिर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालले समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने भएको छ ।
जनकपुरधाम, १९ कार्तिक । प्रदेश २ को मुख्यमन्त्री कार्यालयबाट अस्थायी शिक्षकहरु पक्राउ परेका छन् । उनीहरु मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न गएका थिए ।
काठमाडौं, १९ कार्तिक । नवनियुक्त सातवटै प्रदेशका प्रमुखहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
काठमाडौं, १९ कार्तिक । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भारतीय राजदूतवासका कार्यभार राजदूत डा. अजय कुमारको उपस्थितिमा मकवानपुर जिल्लाको हेटौंडामा अवस्थित नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजनाको शुभारम्भ गरेका छन् ।
मोरङ, १८ कार्तिक । बुढिगंगा–१ शान्तिचोकस्थित कोशी राजमार्गमा को. १ ख ७२२५ नम्बरको बसले को. २७ प १०२२ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
झापा, १८ कार्तिक । झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देही, १८ कार्तिक । नेपाल सरकार गृह मन्त्रालय र प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नम्बर ५ को आयोजनामा प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी रुपन्देहीको बुटवलमा सोमबारदेखि सुरू भएको छ ।
रौतहट, १८ कार्तिक । बम विस्फोटमा परि घाइते भएकालाई ज्यूँदै इँट्टाभट्टामा हालेर जलाएको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री तथा सांसद अफताब आलमविरुद्ध सरकारी वकिल खणिन्द्रराज कटुवालले सोमबार रौतहट जिल्ला अदालतमा अभियोग पत्र दायर गरेका छन् ।
सुनसरी, १८ कार्तिक । इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले इटहरीमा चालु आर्थिक वर्षमा ३० किलोमिटर सडक कालोपत्रे हुने बताएका छन् ।
रौतहट, १७ कार्तिक । समाजवादी पार्टी नगर समिति राजदेवी रौतहटले राजदेवी नगरपालिकाले माग सम्बोधन नगरेसम्म नगरपालिकाको कार्य बहिष्कार गर्ने निर्णय गरेको छ ।
कपिलवस्तु, १७ कार्तिक । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरपालिकाको विकासको गति देखेरे विभिन्न तत्वहरुले विकासमा अवरोध खडा गर्न लागेको बताएका छन् ।
काठमाडौं, १७ कार्तिक । विश्वका विभिन्न भागमा रहेका मधेशीहरुले मधेशको महान् पर्व छठ धुमधामका साथ मनाएका छन् । कतारको दोहामा २–३ नोभेम्बरको दिन होम साइड समुद्र तटमा र विश्वभरीमा मधेशीहरुले उत्साह पूर्वक छठ पर्व मनाएका छन् ।
मणि प्रसाद गैेह्रे, कपिलवस्तु, १७ कार्तिक । पुर्वी जिल्लामा मनाईने छठ अहिले जनजाति, दलित, मुस्लिम, मधेशी समुदायले समेत धुमधामले मनाउन थालेका छन् अहिले छठ पर्व जिल्लामा एकता र सद्भावको पर्व बनेको छ ।