अग्निपीडितलाई वडाअध्यक्षको सहयोग

समाचार

7/30/2019

रौतहट, १३ साउन । गौर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष शेख जमशैदले आफ्नो निजी स्रोतबाट एक जना अग्निपीडितलाई नगद र खाद्यान्न सामग्री सहयोग गरेका छन् ।

गौर नगरपालिका वडा नम्बर ७ का अग्निपीडित रोज महमद मियाँलाइ आफ्नो तर्फबाट नगद ५ हजार, २५ किलो चामल, २ वटा त्रिपाल र १ कार्टून पिउने पानी सहयोग गरेका हुन् ।

आइतवार राति आगलगी भएर खाना बनाउने फूसको घर पूर्ण रुपमा जलेर नस्ट भएको जानकारी पाए लगतै गौर नगरपालिकाका प्रवक्ता समेत रहेका शेख जमशैदले पीडितको घरमा पुगेरै निजी स्रोतबाट उक्त सहयोग सामग्री हस्तान्तरण गरेका छन् ।

राष्ट्रिय जनता पार्टीका पूर्व जिल्ला संयोजक जमशैदले समयमै पीडितको घाउमा मलहम लगाउने गरिएको प्रयासको स्थानियहरुले सराहना समेत गरेका छन् ।

सो वडाको वडाअध्यक्ष मजहर खाले केहि नगरे पनि छिमेकी वडाका वडा अध्यक्षले तत्काल राहत पुग्ने उदेश्य लिएर पीडितलाई सहयोग गरेका हुन् ।

वडा अध्यक्ष जमशैदले घटना दुखद रहेको र पीडामा परेका व्यक्तिलाई सहयोग गर्ने मानवीय धर्म रहेकोले आफूले भएको क्षतिको भरपाई गर्न नसकेपनि केहि हदसम्म राहत पाउने आशाले सहयोग गरेको बताएका छन् । उनले अन्य निकायबाट पनि क्षतिपूर्तिको पहल गर्ने आश्वासन दिएका छन् ।

अचानक भएको आगलगीबाट पीडितको घरमा राखिएको कपडा लता भाडाकूडा, अन्न जलेर नस्ट हुनुको साथै २ वटा बाख्रा र ४ वटा पाठापाठी जलेर मरेका छन् ।

पीडित मियाले करीब २ लाख मूल्य बरावरको क्षति भएको जानकारी गराउँदै आर्थिक अवस्था ज्यादै कमजोर भएकोले सहयोग गर्नलाई अपील समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ