अस्पताललाई सांसद यादवद्वारा एम्बुलेन्स हस्तान्तरण

समाचार

9/16/2018

वीरगंज, २९ भाद्र । पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादवले नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जलाई एक थान एम्बुलेन्स हस्तान्तरण गरेका छन् । 

अस्पतालमा आउने सर्वसाधारण बिरामीहरुको सुविधाका लागि स्वास्थ्य मन्त्रालयबाट अनुदानमा पाएको करिब रु. १० लाख मूल्य बराबरको एम्बुलेन्स शुक्रबार एक समारोहबीच अस्पतालका मेसु डा. ऐनामुल हकलाई हस्तान्तरण गरेका थिए । 

एम्बुलेन्स हस्तान्तरण गर्दै सांसद यादवले भने– ‘वीर अस्पतालसँगै जन्मेको मोफसलको पुरानो अस्पतालको अवस्था दयनीय छ, राज्यद्वारा उपेक्षित यस अस्पतालको भौतिक संरचना र सेवा प्रभावकारी बनाउन सबै प्रकारको पहल र कार्य गर्न तयार छु । चाँडै यस विषयमा वीरगंजका अगुवाहरुसँग छलफल गरी स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीसमक्ष डेलिगेसन लिएर जानेछु ।’

नारायण उपक्षेत्रीय अपस्तालमा शैय्याको संख्या पनि वृद्धि गर्नुपर्ने र प्रदेश नं. २ को नमूना अस्पताल र शिक्षण अस्पतालको रुपमा विकसित गर्न स्वास्थ्यमन्त्री उपेन्द्र यादव र स्वास्थ्य मन्त्रालयले आश्वासन दिएका छन् । 

सो अवसरमा जिल्ला समन्वय समिति, पर्साका सभापति नेक महम्मद अन्सारी, नेपाल स्वास्थ्यकर्मी फोरमका केन्द्रीय अध्यक्ष बालेश्वर यादव, प्रदेश सांसद करिमा बेगम, फोरम पर्साका कार्यवाहक अध्यक्ष सुन्दर कुर्मी, नगर अध्यक्ष ईश्वर यादव, जिल्ला सहसचिव मुकेश द्विवेदी, तबरेज अहमद, वडाध्यक्ष तुफान फारुक अन्सारीलगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ