आईसीपी हस्तान्तरण डेढ महिनापछि

समाचार

2/21/2019

विराटनगर, ८ फागुन । नेपाल र भारतको सीमा क्षेत्र विराटनगरको बुधनगरमा निर्माणाधीन एकीकृत जाँचचौकी (आईसीपी)को काम अन्तिम चरणमा पुगेको छ ।

डेढ महिनापछि चैत १७ गते हस्तान्तरण गर्ने तयारीसहित निर्माण कार्य भइरहेको हो । दुई वर्षअघि निर्माण शुरु गरिएको आईसीपी तोकिएकै मितिमा हस्तान्तरण गर्न निर्माण कम्पनीलाई दबाब परेपछि कार्य सम्पन्न गर्न तदारुकता देखिएको छ ।

निर्माण कम्पनीका अनुसार अहिले दिनेशचन्द्र एन्ड आर. अग्रवाल इन्फा डटकम अहमवादका परियोजना निर्देशक अवधेशकुमा लागत खर्चका दृष्टिकोणले ६० प्रतिशत र भौतिक प्रगतिका दृष्टिकोणले ७५ प्रतिशत कार्य पूरा भइसकेको छ ।

नेपालतर्फको भू–भागमा भन्सारको प्रशासकीय भवन, अध्यागमन कार्यालयका लागि आवश्यक संरचना, डिस्पेन्सनरी भवन, नेपाल र भारततर्फका लागि दुईवटा प्रोसेसिङ यार्ड, इलेक्ट्रिकल सब–स्टेसन भवन, प्रवेशद्वार, सुरक्षा गार्ड आवास भवन निर्माणको काम सकिएको छ ।

निर्माणको सबै काम अन्तिम चरणमा पुगेकोले तोकिएको समयमा हस्तान्तरण गरिने दाबी गरिएको छ । आईसीपीको बाटो हुँदै यसअघि नै मङ्सिर २६ गतेदेखि नै खाली मालवाहक तथा ट्याङ्करहरू भारततर्फ जान थालिसकेका छन् ।

नेपालतर्फ १२५ बिघा क्षेत्रफल जमिनमा आईसीपी निर्माण भइरहेको छ । आईसीपी नजिकै नेपाल–भारत रेल–वेको स्टेसन बनेको छ ।
अन्तर्राष्ट्रियस्तरको संयुक्त भन्सार जाँचचौकी निर्माणका लागि नेपाल र भारत सरकारबीच सन् २००५ मा सम्झौता भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ