आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

समाचार

2/17/2019

बाँके, ४ फागुन । नेपालगंज उपमहानगरपालिका–२ पुष्पलाल चोकस्थित सुर्खेत गुरुवाकोट नगरपालिका–१२ घर भएका ३० वर्षीय रमेश गुरुङको मालिका मेडिसिन डिष्ट्रिब्युटर्स पसलमा बिद्युत सर्ट भई शुक्रबार राति आगलागी हुँदा फ्रिज र फ्रिजभित्र रहेका भ्याक्सिनहरू जलेर करिब १ लाख ७२ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ