आर्थिक अभावका कारण आर्सेनिकयुक्त पानी पिउन बाध्य

समाचार

1/21/2019

बाँके, ७ माघ । बाँकेको नेपालगंज उपमहानगरपालिका २३ भज्जुपूर्वा गाउँका बासिन्दा अहिले पनि आर्थिक अभावका कारण २० फुटमा जडान गरिएका धाराको पानी पिउन बाध्य भएको बताएका छन् ।

नेपाल एक्रा एजुकेशनल फाण्डेशनले भज्जुपूर्वाका स्थानीयहरुसँग गरेको छलफलमा स्थानीय रियाज अन्सारीले आर्थिक अभावका कारण आर्सेनिकयुक्त पानी पिएर जीवनयापन गरी रहेकोे बताऐ ।

उनले गाउँमा विगतमा केही संस्थाहरुले धारा जडान गराएका पनि पानीको गुणस्तर मापन नगरी २० फूट धारा जडान गरेकोले उक्त पानीबाट हरेक वर्ष बालबालिकाहरु बिरामी पर्ने गरेको बताए ।

भज्जुपूर्वाका रहिसले स्थानीय सरकार बने पनि आफूले अनुभूति गर्न नपाएको बताए । उनले वडा प्रदान गर्ने धारा समेत २० फूटमा जडान गर्ने गरिएकोले उक्त धाराको पानी समेत स्वास्थ्यका लागि हनिकारक रहेको बताए ।

छलफलमा सहभागि रहेका मुस्लिमहरुले आफूहरुका लागि स्वच्छ खानेपानीको व्यवस्था गरिदिन नेपाल एक्रा एजुकेशनल फाउण्डेशनसँग माग गरेका थिए ।

एक्राले पानीको समस्याको सामना गरिरहेका व्यक्तिहरुका घरमा जडान गर्दै आएको छ । एक्राले बाँकेको जानकी गाउँपालिकामा ५१, डुडुवा गाउँपालिकामा १७ घरमा धारा जडान गरेको कार्यक्रम संयोजक पवन सिहले बताए ।

नेपाल एक्रा एजुकेशनल फाउण्डेशनका अध्यक्ष शक्ति कुमार बंशकारले मानव बिकास पछाडि पर्नुमा सुरक्षित पानी र सरसफाई सेवाको अभावका कारण मानिसहरुको अकालमा ज्यान जानेको बताउदै स्वच्छ पानीका लागि एक्राले पहल गर्ने बताए ।

उनले स्थानीय निकाय संग समन्वय गरेर भज्जुपूर्वामा केही महिना भित्र नै धारा जडान गर्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ