उखुबारीमा आगलागी हुँदा साढे ३ लाखको क्षति

समाचार

1/18/2019

महोत्तरी, ४ माघ । गौशाला नगरपालिकामा आगलागी हुँदा साढे रु. ३ लाखभन्दा बढीको क्षति भएको छ ।

गौशाला–४ स्थित रजखोर बस्ने ज्ञानी महतोसमेत ६ जनाको उखुबारीमा शुक्रबार दिउँसो आगलागी हुँदा करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको उखु जलेर नष्ट भएको छ ।

स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ