उपप्रधानमन्त्री यादव नेतृत्वको टोलीद्वारा बाढीपीडित क्षेत्रको निरीक्षण, मुख्यमन्त्रीद्वारा हेलिकप्टर माग

समाचार

7/17/2019

जनकपुरधाम, १ साउन । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव नेतृत्वको उच्च स्तरीय टोली प्रदेश नं. २ को बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेको छ ।

बुधबार विहान सेनाको हेलिकप्टरले प्रदेश २ को निरीक्षणमा निस्केको उक्त टोली रौतहट, सर्लाही, महोत्तरी , सप्तरी, सिरहाको स्थलगत निरीक्षण गर्दै प्रदेशको राजधानी जनकपुर पुगेको थियो ।

उक्त टोलीले बाढीबाट परिस्थिति, राहत तथा उद्धारको अवस्था र दीर्घकालीन व्यवस्थापनका सम्बन्धमा प्रदेश सरकारसँग जानकारी समेत लिएको छ ।

बाढीको अवस्था र राहत तथा उद्धारबारे टोलीलाई जानकारी गराउँदै मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले बाढी आए लगतै प्रदेश सरकारले राहत तथा उद्धारको लागि तत्काल विपद व्यवस्थापन समितिलाई १०/१० लाख रुपैया उपलब्ध गराएको, मृतकको परिवारलाई ३ लाखको दरले राहत दिने गरिएको घोषणा गरिएको बताए ।

उनले प्रदेश नं. २ विपदको हिसाबले अत्यन्त जोखिममा रहेकोले तत्काल प्रदेश सरकारलाई एउटा उपलब्ध गराउन संघीय सरकारसँग मांग समेत गरेका छन् ।

प्रदेश सरकारको व्रिफीङ्ग पछि उपप्रधानमन्त्री यादवले विपद व्यवस्थापनमा तीन तहका सरकारलाई समन्वय गरेर अघि बढ्नुको विकल्प नरहेको बताए ।

उनले बाढी पहिलो दीर्घकालिन व्यवस्थापनको चुरे संरक्षणमा विशेष जोड दिनु पर्ने, चुरे क्षेत्र भएर राजमार्ग जस्ता सडकहरुको निर्माण निषेध गर्नु पर्ने, मानव वस्ती क्रमशः घटाएर वृक्षा रोपण गर्नु पर्नेमा जोड दिएका थिए ।

निरीक्षण टोलीमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, गृहमन्त्री राम बहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुन, सांसदहरु अनिल झा, प्रभु साह सहितको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ