सुनसरी, १ भाद्र । सदरमुकाम इनरुवामा पूर्वी तराईमधेशमा बसोबास गर्ने भूमिपुत्र उराँवहरुले आफ्नो महान पर्व करम सन्ध्याको तयारीमा जुटेका छन् ।
अहिले उनीहरुको मुख्य चाड करम पूजाको समय सुरु भएकाले पर्व मनाउनमा बेस्त हुने भएका छन् । प्रदेश नम्बर १ मा पहिलो पटक ऐतिहासिक उराँव(झगड्) समुदायको कला, संस्कृति, संस्कार संरक्षण र जन्मदेखी मृत्युसम्म गरिने कृयाकलापको संग्रह गर्न नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठान भवनमा करम पूर्व सन्ध्या तयारीमा जुटेको छ ।
सुनसरीको सदरमुकाम इनरुवामा प्रतिष्ठानको भवनमा भवन उराँवहरुको महान पर्व करम पूर्व सन्ध्या सांस्कृतिक कार्यक्रम गर्ने भएको हो ।
प्रतिष्ठानले भदौ २७ गते विधिवत रुपमा भवन उद्घाटन सहित करम पूर्व सन्ध्या कार्यक्रम गरिने नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठान इनरुवाका अध्यक्ष बेचन उराँवले जानकारी दिए ।
प्रदेश १ का विभिन्न जिल्लामा बसोबास गर्ने उराँव समुदायहरुले आफ्नो महान पर्व करम पुजाको पूर्व सन्ध्यामा सांस्कृतिक कार्यक्रम गर्ने तयारी भएको नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठान इनरुवा सल्लाहकार नुनुलाल उराँवले जानकारी दिए ।
पूर्व सन्ध्या सांस्कृतिक कार्यक्रममा प्रयोग हुने सामग्रीहरु, नाटक, नृत्य र झाकी पदर्शन गरिने भएका छन् । कार्यक्रममा आफ्नो कलाकौशल, गीत, नृत्य, पहिरण, बाजागाजा, मौलिक हातहतियार, कृषि औजार सामग्री सहितको प्रदर्शनी गर्ने तयारी गरिएको नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानका सहसचिव संजिव उराँवले जानकारी दिए ।
भदौ २७ गतेको दिन कमर पूर्व सन्ध्या कार्यक्रमको तयारीमा समेत उराँवहरु लागेको इनरुवा नगरपालिका ४ का वडा सदस्य विष्णु उराँवले जानकारी दिनुभयो ।
कार्यक्रम सुरु हुनु अगाडी हजारौंको संख्यामा उराँवहरुले आफ्नो पहिरण सहित इनरुवामा वृहत पहरिण प्रदर्शन गर्ने र कार्यक्रममा सुनसरी र मोरगं सहितका उराँवहरुले पुरुषहरु धोती, पगरी र आफ्नै पहिरणमा र महिलाहरु रातो र सेतो सारीमा सजिएर सहभागि हुने तयारीमा जुटेका छन् ।
तपाईको प्रतिक्रिया