केरा उत्पादक संघको दोस्रो साधारणसभा सम्पन्न

समाचार

2/20/2019

नवलपरासी पश्चिम, ८ फागुन । नवलपरासी पश्चिमको केरा उत्पादक संघको दोश्रो साधारणसभा मंगलबार सम्पन्न भएको छ ।

राष्ट्रिय सभाका सदस्य रामलखन हरिजनको प्रमुख आतिथ्यता र नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।

साधारणसभामा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि सांसद हरिजनले कृषकका समस्या समाधान गर्न सरकार अग्रसर रहेको बताएका छन् ।

सरकारका काम कार्यवाही तत्काल परिणाममुखी नभए पनि यसको असर छिट्टै आम नागरिकले गर्न सक्ने हरिजनले दावी गरेका थिए ।

नवलपरासी जिल्ला केरा खेतीका लागि समेत साम्रो सम्भावना भएको क्षेत्र भएकोले केरा सुपरजोन कार्यक्रम लागु गर्न सके किसानलाई आत्मनिर्भर बनाउन सकिने धारणा ब्यक्त गरे, केराका उत्पादनलाई विधिकरण गर्नका लागि उद्योग स्थापना गर्न जरुरी रहेकोमा सांसद हरिजनले जोड दिएका थिए ।

किसानका लागि आवश्यक बजेट विनियोजन गर्न समेत आफुले पहल गर्ने सांसद हरिजनले प्रतिबद्धता समेत ब्यक्त गरे ।

साधारण सभामा बोल्दै प्रदेश नम्बर ५ का कृषि, भुमि ब्यबस्था तथा सहकारी मन्त्रालयका सचिव यमनारायण देवकोटाले प्रदेश सरकारले कृषि क्षेत्रमा कुल बजेटको ११ प्रतिशत रकम विनियोजन गरेको बताए ।

केरा किसानको समस्यालाई मध्यनजर गर्दै सुस्ता गाउँपालिकामा केराको छुट्टै चेम्वर रहने गरी कोल्ड स्टोरको निर्माण गर्ने सचिव देवकोटाले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ