कलैया, ५ माघ । कलैया सिटी जेसीजका १० औ पदस्थापना तथा पुरस्कार वितरण समारोह कार्यक्रम दास गेस्ट हाउसको सभाहलमा कार्यक्रम संयोजक संदिप बरैको अध्यक्षतामा सम्पन्न भयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश न.२ का प्रदेश सभासद महमद समीरले जेसीसमा लागेका सम्पूर्ण युवाहरुलाई सकृय रुपमा समाजमा नयाँ योगदान दिइरहेका र दिँदै जाने हो भन्नेमा म विश्वस्त रहेको छु ।
आउने दिनमा कलैया सिटी जेसीसलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । विशिष्ट अतिथि नेपाल जेसीसका राष्ट्रिय कार्यकारी उपाध्यक्ष तथा एरिया ख का निरुपित जेसी रमेशचन्द्र भुषालले कलैया सिटी जेसीसले वर्ष २०१८ मा जुन सकृय देखाएका थिए भने वर्ष २०१९ले पनि त्यो भन्दा बढि कार्य गर्ने छ भन्ने म आशा लिएका थिए ।
राष्ट्रिय उपाध्यक्ष नेपाल जेसीजका जेसी कृष्ण प्रसाद अर्याल त्यसैगरि विशिष्ठ अतिथि जिल्ला समन्वय समिति बाराका सभापति नवल किशोर सिंह, अतिथिको रुपमा नेकपा बाराका युवा नेता मुकेश साह, राजपा नेपाल बाराका महिला युवा नेतृ पिंकी यादव लगायतले आफनो शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा वर्ष २०१९ का अध्यक्ष जेसी राजेश प्रसाद कुशवाहालाई संस्थापक अध्यक्ष रामनिवास कुशवाहा, नि. वर्तमान अध्यक्ष तथा निर्वाचन अधिकृत जेसी रामबालक प्रसाद अहिरले माला हस्तारण गराएका थिए। नि. वर्तमान अध्यक्ष वर्ष २०१८ का धनीलाल साह सोनारले सपथ खुवाएका थिए ।
तपाईको प्रतिक्रिया