कपिलवस्तु, २१ भाद्र । जिल्लाको कृष्णनगरमा पनि मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १३औं राष्ट्रिय दिवस मनाइएको छ ।
शान्ति पुनस्र्थापना गृह, आफन्त नेपाल, इलाका प्रहरी कार्यलय कृष्णनगर, कृष्णनगर नगरपालिका, राष्ट्रीय मानवाधिकार, लायन्स क्लब आफ कृष्णनगर, उद्योग वाणिज्य संघ कृष्णनगर लगायतका संघ संस्थाहरुले मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३औ राष्ट्रीय दिवसको अवसरमा ईलाका प्रहरी कार्यलयदेखि बजार भ्रमण गर्दै कृष्णनगरको मुटु गोलघर रैली समाप्त गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह, विशिष्ट अतिथि २ नं. वडाध्यक्ष संजय गुप्ता अतिथि इ.प्र.का.कृषृणनगरका प्रहरी निरीक्षक प्रताप पौडेल, दिनेश गुप्ता, सशस्त्र प्रहरी बल कृष्णनगरका शसस्त्र प्रहरी निरीक्षक संगीत भट्ट, महिला अधिकारकमी मिना परियार, बुद्धी थापा, रेशम लाल गैरे लगायत श्री महेन्द्र मा.वि, सेन्टज्यूस इंग्लिस बोर्डिंग स्कूल र जलमोना लिटील एन्जल्स इंग्लिस बोर्डिंग स्कूलका विद्यार्थी, समाजसेवी, शिक्षाप्रेमी, भद्रभलादमी लगायत विभिन्न संघसंस्थाका महिला पुरुष पत्रकारहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमका अध्यक्षता कृष्णनगर नगरपालिकाका न्यायिक समितिका अध्यक्ष सबनम खातुनले गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया