गायत्री महायज्ञ ऐतिहासिक बनाउन शोभायात्रा निकलियो

समाचार

2/24/2019

वीरगंज, ११ फागुन । राष्ट्रलाई सक्षम, समर्थ एवं समृद बनाउने उद्देश्यका साथ नेपालमा पहिलो पटक गायत्री अश्वमेध महायज्ञ वीरगंजमा हुने भएको छ ।

यही फागुन १९ गतेदेखि २२ गतेसम्म हुने महायज्ञ भव्य, सभ्य एवं ऐतिहासिक बनाउन हिन्दू परिसद् नेपालले शनिबार वीरगंजमा शोभायात्रा निकालेको छ ।

लाखौं व्यक्तिहरुको सहभागितामा हुने महायज्ञ सफल गर्न हिन्दू परिषद् नेपालले आफ्ना सम्पूर्ण शक्तिहरु परिचालन गर्ने परिषद्ले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ