काठमाडौं, २४ भाद्र । नेपाल–भारत अन्तर्देशीय पेट्रोलियम पाइपलाइन सुरु भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समयमै परियोजना सम्पन्न भएकोमा सन्तोष व्यक्त गरेका छन् ।
पाइपलाइनको हैदरावाद हाउसबाट स्वीच थिचेर उद्घाटनपछि उनले ट्वीट गर्दै यसलाई ठूलो उपलब्धि र दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउएको उल्लेख गरेका छन् ।
उनले एशियाकै पहिलो अन्तर्देशीय पेट्रोलियम पाइपलाइन अपेक्षा भन्दा आधा समयमा बनेर तयार भएकोमा दुवै देशको संयुक्त प्रयास मुख्य भएको बताएका छन् ।
उनले नेपालको प्राथमिकताअनुसार विकासमा सहयोग गर्ने जनाएका छन् । नेपाल भारत सहयोगका परियोजनाहरुको काम सन्तोषजनक रुपमा अघि बढेको बताए ।
मोदीले भारत र नेपालबीच सदियौं पुरानो पारिवारिक र सास्कृतिक सम्बन्ध भएको उल्लेख गर्दै जनता जनताबीचको सम्बन्ध दुई देशबीचको द्विपक्षीय सम्बन्धको आधार भएको जिकिर गरे ।
पछिल्लो डेड वर्षमा केपी ओली र आफूबीच चार पटक भेट भइसकेको र यो भेटघाटबाट आपसी सम्बन्ध थप बलियो भएको उनले बताए ।
पछिल्लो पाँच वर्षमा धेरै परियोजना सम्पन्न भएको भन्दै पशुपति धर्माशाला, आईसीपी वीरगञ्ज उद्घाटन र मोतिहारी–अमलेखञ्ज पाइपलाइनका उदाहरण प्रस्तुत गरे ।
उनले गोरखा र नुवाकोटको ५० हजार घरको उद्घाटनमा सहभागी हुने चाहना पनि व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया