गरिब विपन्नलाई न्यानो कपडा र ह्वीलचेयर वितरण

समाचार

1/23/2019

कपिलवस्तु, ९ माघ । कपिलवस्तु नगरपालिका वडा नम्बर १ का गरिब, विपन्नलाई न्यानो कपडा र दुई जना अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचेयर वितरण गरिएको छ ।

कपिलवस्तु नगरपालिका वडा नम्बर १ को समन्वयमा लाइन्स क्लब पोखरा लेकसिटीले १ सय जनाभन्दा बढी व्यक्तिलाई कम्बल र न्यानो कपडा वितरण गरेको हो ।

लाइन्स क्लब पोखरा लेकसिटी क्लबका अध्यक्ष मदन केसी, संघीय सांसद बृजेश कुमार गुप्ता, प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव, नगर प्रमुख किरण सिंह, उपप्रमुख लक्ष्मी गुप्ता, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्य र वडा अध्यक्षहरु सुदिप पौडेल, रामभजन कलवार तथा प्रकाश गैरे लगायतले न्यानो कपडा हस्तान्तरण गरेका थिए ।

सो अवसरमा बोल्दै कपिलवस्तु नगरपालिका १ का वडाअध्यक्ष सुदिप पौडेलले वडाको समन्वयमा लाईन्स क्लबले न्यानो कपडा हस्तान्तरण गर्ने कार्य उदाहरणीय रहेको बताए ।

व्यक्ति जाडोले भन्दा पनि अभावका कारण शीतलहरको जोखिममा परेकाले आफूहरुले सो सामग्री हस्तान्तरण गरेको क्लबका पूर्वअध्यक्ष जगदीश गौतमले बताए ।

शीतलहर प्रभावितलाई कम्बल वितरणले राहत प्रदान गरेको नगरप्रमुख किरण सिंहले बताएका छन् भने गरिबलाई न्यानो लुगासँगै पोषणमा समेत सहयोग आवश्यक रहेको प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तवले बताए ।

संघीय सांसद बृजेश कुमार गुप्ताले ऐतिहासिक नगरपालिकाको सामाजिक र आर्थिक विकासमा ध्यान पुर्याउन नगरपालिकाको ध्यान जानु पर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ