वीरगन्ज, २१ माघ । प्याब्सन पर्साद्वारा आयोजित नारायणी रंगशालामा नकआउट फुटबल प्रतियोगिता र विरगंज खेलुकद भवनमा गर्ल्स ब्याडमिन्टनको तेश्रो दिन प्रतिस्पर्धा भएको छ ।
गल्र्स ब्याडमिन्टन प्रतियोगिताको सोमवार भएको अन्तिम खेलमा न्यू वेभकी छात्रा आस्था गुप्ताले उत्कृष्ट विजय हासिल गरी प्याब्सन पर्सालाई चकित पारेकी छन् ।
प्याब्सनअन्तर्गत रहेको विभिन्न विद्यालयका छात्राहरुले खेलकुद भवनमा सोमबार र फाइनल खेलमा प्रतिस्पर्धा गर्ने क्रममा कञ्चनजङ्गा मा.वि, डि.पी.एस मा.वि, न्युवेभ मा.वि, र अल्पाईन मा.वि लगायतले प्रतिस्पर्धा गरेका थिए ।
सिंगल ब्याडमिन्टन प्रतियोगितामा न्यु वेभ मा.विमा अध्ययनरत आस्था गुप्ताले बेस्ट अफ थ्रीमा लगातार २ गेम जीति उत्कृष्ट खेलाडिको रुपमा प्याब्सन रुपमा गुप्तालाई प्याब्सनद्वारा सम्मानित गरिएको थियो ।
नकआउट फुटबल प्रतियोगिता–२०७५ को खेलमा प्याबसनअन्तर्गतका १४ वटा विद्यालयहरुले यस प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् ।
प्याब्सन पर्साका अध्यक्ष डा.हरिशंकर साह, प्याब्सन नगर कमिटिका अध्यक्ष आलोक चौरसीया, गल्र्स ब्याडमिन्टनका प्रमुख अतिथि भारतीय महावाणिज्य दूतावास वीरगंजका वाणिज्यदूत डा.कोट्राश्वामी, अतिथिहरुमा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बञ्जारा, सेफर विरगंजका अमर गौतम, नेपाल टेलिभिजनका नेहाल खान, विरगंज सन्देश दैनिकका मन्सुर खान, वडा नं.४का अध्यक्ष जगत साह, संयोजक मुनलाईट मा.वि प्रधानध्यापक श्याम के.सी, सहयोगीहरुमा प्याबसन पर्साका कोषाध्यक्ष सरोज प्रसाद चौधरी, सचीव छेदुप लामा, लिटिल एञ्जलस् मा.वि मणि पाखरीन, सनि पाखरीन, पुरन प्रधन, शम्भु रिमाल, निर्णायक मार्टिन मोक्तान लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया