गौर नगरपालिका १५ गते खुल्ला दिशामुक्त घोषणा हुने

समाचार

11/28/2018

रौतहट, १२ मंसिर । गौर नगरपालिका मंसिर १५ गते खुल्ला दिशामुक्त घोषणा हुने भएका छन् ।

नगर कार्यपालिकाको बसेको बैठकबाट १५ गते शनिबार खुल्ला दिशामुक्त घोषणा गर्ने समय निर्धारण गरेको प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले जानकारी दिएका छन् ।

जिल्लाको सबैभन्दा जेठो नगरपालिकाको रुपमा रहेको गौर नगरपालिकाको विभिन्न वडाहरुमा पूर्ण रूपले शौचालय निर्माणको कार्य सम्पन्न भई प्रयोगमा आएको हुँदा खुल्ला दिशा मुक्त घोषणा गर्ने समय निर्धारण गरिएको अधिकृत कार्कीले बताएका छन् ।

स्वच्छ सुन्दर नगरपालिका बनाउने उदेश्यले सरसफाईका थप कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत कार्कीले भने जिल्लाको सदरमुकामको रुपमा रहेको गौर नगरपालिकालाइ अझ व्यवस्थित र आकर्षक पर्यटन भित्रयाउने खालको बनाउने लक्ष्य रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ