वीरगन्ज, २३ भाद्र । वीरगन्जबाट एकजना प्रहरी जवान पाँच हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बारा घर भइ जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान गम्हिरा साह तेलीलाई वीरगञ्ज महानगरपालिका–६ माइस्थानको एक मिठाइ पसलबाट पक्राउ गरेको हो ।
कमसल आयुर्वेदिक औषधि दिएको भन्ने विषयमा टुङ्गिसकेको उजुरी मिलाइदिन्छु भन्दै उनले सेवाग्राहीसँग घुस मागेका थिए ।
सेवाग्राहीसँग पटकपटक घुस रकम माग गरेको सूचना र उजुरीको आधारमा तेलीलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
तपाईको प्रतिक्रिया