चोरी गरी लुकाई राखेको सामानसहित २ जना समातिए

समाचार

3/8/2019

धनुषा, २३ फागुन । जनकपुर उपमहानगरपालिका–४ वस्ने कल्बार कुटीको कोठामा विवाहको लागि राखिएको किराना सामानहरु दाल, चामलको बोरा, घ्यू, ग्यास सिलिण्डर समेत सोमबार चोरी गरी फरार रहेका २ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धनुषा जनकपुर उपमहानगरपालिका–६ का २१ वर्षीय विक्की साह र सोही उपमहानगरपालिका–४ का २० वर्षीय किशन मण्डल रहेका छन् ।

उनीहरुले उक्त सामान चोरी गरी बिक्कि साहको डेरामा लुकाई राखेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी जिरोमाईल, धनुषाबाट खटिएको संयुक्त प्रहरीले निज बिक्की साहको डेरा खानतलासी गर्दा डेरा कोठामा लुकाईछिपाई राखेको अवस्थामा उक्त सामानहरु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ