कपिलवस्तु, १९ फागुन । कपिलवस्तुको मायादेवी गाँउपालिकाको पकडीमा सम्पन्न प्रथम मायादेवी गाँउपालिका स्तरीय राष्ट्रपती रनिङ्ग शिल्डको उपाधी छत्रपाली तिर्थादेबी मावी पकडीले जितेको छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गरेको छत्रपालीले सर्वाधिक १८ स्वर्ण, ८ रजत र ४ कास्य सहित पहिलो स्थान जितेको हो । गाँउपालिकाको पाँच बिद्यालय सहभागी राष्ट्रपती रनिङ्ग जनता मावि बलुहवा दोस्रो, स्वतन्त्र माबि रतनपुर तेस्रो, मुनेश्वर मावि बहरबासी चौथो र लाईट अफ एशिया मावि पाचौ भएका थिए ।
गाँउपालिका अध्यक्ष बजरंगी प्रसाद चौधरी, प्रदेशसभाका सदस्य सहसराम यादव, वडा अध्यक्षहरु सुकदेव तिवारी र संदिप तिवारीले बिजेता बिद्यालयका प्रअ नरेन्द्र बहादुर चौधरीलाई रनिङ्ग शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए ।
उपाधी जितेको छत्रपालीले सर्टफुट, त्रिपल जंप, भलिवल, कबड्डी, र ८०० मिटर दौडमा छात्र र छात्रा दुबै तिर उपाधी जितेको थियो । पुरस्कार समारोहमा बोल्दै प्रदेश सभा सदस्य तथा संघिय समाजबादी फोरम नेपालका संसदिय दलका नेता सहसराम यादवले खेल क्षेत्रको बिकासका लागी प्रदेश सरकारले सबै स्थानिय तहमा ३६ लाखका दरले शसर्त अनुदान पठाएकोे जनाए ।
गाँउपालिकामा खेल मैदान नहुदाँको समस्या समाधानका लागी आफुले पहल गर्ने उनको प्रतिबद्धता थियो । कार्यक्रममा बोल्दै गाँउपालिका प्रमुख बजरंगी प्रसाद चौधरीले आगामी बर्ष जिल्लास्तरीय रनिङ्ग शिल्डका लागी बिद्यालयस्तरबाटै तयारी गर्ने उनले जानकारी दिए ।
प्रत्यक बिद्यालयमा खेल शिक्षकको व्यवस्था र खेल सामाग्रीको उपलब्धताका लागी आफुले योजना बनाएको उनले प्रष्ट पारे । प्रतियोगितामा सहभागी बिद्यालयलाई जनही ५/५ हजार पुरस्कार बितरण गरिएको थियो ।
शिक्षा ईकाई प्रमुख रमेश कुमार पाण्डेयको स्वागतमा सम्पन्न पुरस्कार बितरण समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष सुकदेब तिवारीले खेल क्षेत्रको बिकासका लागी बडा बाटै योजना बनाएर अगाडी बढ्ने प्रष्ट पारे ।
तपाईको प्रतिक्रिया