छुवाछुतविरुद्ध एकजुट हुन मेयर चौधरीको आग्रह

समाचार

9/8/2019

इटहरी, २१ भाद्र । इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले छुवाछुत सामाजिक कलंक भएकाले यसलाई हटाउन सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

इटहरी उपमहानगर वडा नम्वर ४ ले आयोजना गरेको सहभोज कार्यक्रमलाई सम्बोधन गर्दै उनले छुवाछुत, भेदभाव जस्तो सडेगलेको सोच सुन्दर समाज भित्रको कलंक भएकाले त्यस्तो सोच हटाउनुपर्नेमा जोड दिए ।

संविधानसभाकी सभासद अनिता परियारले जातीय छुवाछुत जस्तो जघन्य अपराध हटाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले त्यस्तो कुप्रथा हटाउन सबै एकजुट हुन आग्रह गरे ।

इटहरी ४ का वडाध्यक्ष चन्द्र भटटराईले छुवाछुत जस्तो कुप्रथा हटाएर सदभाव र भाइचारा अभिवृद्धि गर्न सहभोज कार्यक्रम आयोजना गरिएको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ