छ जना बालकको उद्धार

समाचार

1/17/2019

विराटनगर, ३ माघ । मोरङ कटहरी गाउँपालिकामा सञ्चालित एक इँट्टाभट्टाबाट श्रम गरिरहेका छ जना बालकको उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ र सिविन नेपाल विराटनगरको संयुक्त टोलीले कटहरी गाउँपालिका–५ स्थित कृष्ण प्रणाम इँट्टाभट्टामा श्रम गर्न बाध्य बनाइएका १६ वर्षमुनिका ६ जना बालकको उद्धार गरिएको हो ।

उद्धार गरिएको सबै बालकलाई विराटनगर–१३ स्थित पूर्वाञ्चल अनाथ आश्रममा पठाइएको छ । उद्धार गरिएकामा भारतीय नागरिक १६ वर्षीय रुवेल मिया, १६ वर्षीय कासनकुमार विश्वास, १४ वर्षीय राजकुमार विश्वास, १४ वर्षीय काउछर आलम, ११ वर्षीय रुवेल मिया र मोरङ भौडाहाका १३ वर्षीय मोहन सरदार रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ