बाँके, १९ पुस । बाँकेको जानकी गाउँपालिकाकोे केन्द्र मानपुरमा तोकिएको छ । बुधबार बसेको चौथो गाउँसभामा वडा नं ३ स्थित मानपुरमा गाउँपालिका केन्द्र तोक्ने प्रस्ताव सर्वसम्मत पारित भएको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बताए ।
हाल वडा नं ४ खजुराखुद्र्ध स्वास्थ्य चौकीको प्रसूति केन्द्रको भवनबाट गाउँपालिकाको कार्यालय सञ्चालन हुँदै आएको छ । मानपुरमा रहेको १३ कट्ठा जमीनमा गाउँकार्यपालिकाको भवन निर्माण गरिने उनले जानकारी गराए । भौगोलिक हिसाबले छ वटै वडाको पायक पर्ने भएकाले सबै जनप्रतिनिधि सर्वसम्मत भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर सुनारले बताए ।
तपाईको प्रतिक्रिया