जनताको अपेक्षा बढी छ, पर्ख र हेरको अवस्था छैन : मुख्यमन्त्री राउत

समाचार

8/28/2019

वीरगन्ज, ११ भाद्र । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले जनताको अपेक्षाअनुसार तीनै तहका सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन् ।

उनले जनताको अपेक्षा बढी रहेकोले सरकारलेहरुले पर्ख र हेरको अवस्था नरहेकोसमेत बताए । उनले तीनै तहका सरकारसँग समन्वय र सहकार्यबाटै विकास अघि बढाउन सकिने जिकिर गरेका छन् ।

‘जनताको अपेक्षा बढी छ, पर्ख र हेरको अवस्था छैन, आज मत दिएर जिताएका जनताले भोलि तिमीहरुले के र्गयौं ? भनेर सोध्नेछन् ।’ उनले भने, ‘तसर्थ सुशासन कायम राख्दै विकास गर्नुपर्छ, तीनै तहको सरकारबीच समन्वय र सहकार्यबाट मात्रै यो सम्भव छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ