रूपन्देही, ७ माघ । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मायादेवी गाउँपालिका–७ स्थित हुलाकी सडकखण्डमा ना.५ ख.४८०७ नम्बरको ट्रकले लु.३० प ४३८२ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार रोहिणी गाउँपालिका–६ का ६० वर्षीय राजाराम नाउको सिटी अस्पताल भैरहवामा हुँदै मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक उनकै छोरा २५ वर्षीय कृष्णप्रसाद नाउको सिटी अस्पताल भैरहवामा उपचार भइरहेको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया